Skip to content

प्रकाश, हरि, गोनु झा र फुटानी चोक (लघुकथा)


एकदिन बिहानै फुटानी चोक को फुटानी खाटमा हामी ५ । ७ जना फुटानी गफमा मस्त थियौं, नामै फुटानी चोक बडो रमाइलो हुन्थ्यो त्यहाँ त्यहाँ बिबिध योजना हरु बन्थे, गोजीमा केहि नहुनेहरु लाखको योजना बुन्थे, हजार सम्म हुने हरु करोडका कुरा गर्थे,योजना बनाउनु राम्रो हो तर फुटानी नै बढी भएर होला त्यस ठाउँको प्रचलित नाम फुटानी चोक रह्यो जसको आफ्नै महत्व छ । कामको सुरुवातनै त्यहि चोक बाट चल्ने परम्परा कायम छ काम नहुने हरु घरमा श्रीमती ले पकाएको भातको तयारीमा बेला बितुन्जेल के के न गरे जस्तो गरेर बसेर फर्कन्थे बडो गजबको त्यो फुटानी चोक बडो रमाइलो थियो त्यसको गरिमा अहिले पनि यथाबत छ र विश्वास छ भविष्य पनि त्यसले बोक्ने छ । प्रकाश सदैव उपस्थित फुटानी चोक को परिचित एक पात्र हरि चिर परिचित अर्को पात्र अन्य विभिन्न उपस्थित परिचित ७ । ८ पात्रहरु यस्तै थियो त्यसदिन बिहानको सुरुवात प्रकाश र हरिले भर्खरै करिव १ बर्ष बिजुलीको सामानको दोकानहरु संचालन गरिरहेका थिए, त्यो नगरमा भर्खरै बिद्ध्युत आएकोले बडो व्यस्तता का साथ उनीहरुको दोकान चलेको देखिन्थ्यो उनीहरुको पनि बिहानी सुरुवात त्यहि बाट हुन्थ्यो त्यो फुटानी खाट भनौ फुटानी चोक बाट त्यसदिन एक मित्रले प्रश्न राखे प्रकाशलाई – हेल्लो प्रकाश के छ तिम्रो ब्यबसायको खबर ? त्यसको जवाफ प्रकाश भन्दा पहिले हरिले दिए हेल्लो साथी ! प्रकाशले आजकल मोही फुकेर पिउन थालेको छ यस्तै छ दोकानको हाल खबर अरु के भन्नु र …? सबै अलमल्ल मा परे प्रकाशको बिजुली दोकान र चिसो मोहीको के सम्बन्ध होला जिज्ञासा बढ्नु स्वभाविक थियो, अर्को एक मित्रले तुरुन्तै प्रश्न गरे यो बुझिएन के भन्न खोजेको हरिले ? हरिले फेरी भने यो त गनु झाको बिरालो भन्दा पनि धेरै तर्सिएको छ गनु झाको बिरालो त तातो दुधसंग तर्सिएको थियो प्रकाश आजकल चिसो मोही समेत मुखले फुकेर पिउँछ सबै जना गलल्ल हाँसे कतिले बुझेर हाँसे होलान कतिले अरुसंग सार मिलाएर हासे कति केहीबेर पछी फेरी हाँसे सायद अगी किन हांसेछु भनेर हाँसे जे होस् त्यो दिनको बिहान रमाइलो संग बित्यो बिहानको फुटानी सभा समाप्त भयो । अलिक छिट्टै सभा समाप्त भयो आज कुरा सकिएको थिएन त्यतिकै सब जना घर तिर लागियो !

अचम्म लाग्नु स्वाभाविक थियो गनु झा को बिषयमा कुरा नसक्की कन त्यसदिनको फुटानी सभा सकियो मेरो मनमा के हो त्यो भनेको भन्ने प्रश्न सदैव उब्जि रहन्थ्यो समय ले धेरै फड्को मारे पनि फेरी आज त्यो ताजा भएर आयो मेरो मन मा “प्रकाशले मोही समेत फुकेर पिउँछ आजकल ” मैले हरि संग सोध्ने चाहना त राखेको हो तर समय प्रसङ्ग हरु नमिलेकाले सोधिएन, ! मैले त्यसको उत्तर आफैं खोज्ने कोशिस गरें त्यसको जवाफ बल्ल आज भेटे हजुर हरुलाई पस्कदै छु ।

गनु झा – तेरौ शताब्दीमा मिथिला राज्यमा राजा हरि सिंह ले राज्य गर्दथे उनको राज प्रसादमा एकजान मैथिली बाहुन पनि थिए उनि धेरै चलाख चतुर थिए, अकबरको दरबारमा बिरबलको जस्तो हैसियत राख्दथे ति मैथिली ब्र्हामन गनु झाले राजा हरिसिंह को दरबारमा, सबै जना उनको चतुर पनको डाहा गर्दथे अप्ठेरो कुरा हरुको समाधान खोज्न कहिले कहीं राजालाई समेत ब्यंग्य बिनोद रसको लागि प्रयोग हुन्थे गनु झा आँखाको काँडा जस्तो थिए अन्य भारदारहरु संग जसले पनि मौका मिल्योकी उनलाई फसाउन चाहन्थे, प्रसङ्ग वस एकदिन राजा हरिसिंह को दरबारको बैठक बसिराखेको बेला राजाले अन्य महत्वपुर्ण बिषय पश्चात प्रश्न राखे अर्थात सभासदहरुलाई ” सोधे हे राज प्रसाद मन्त्रि गण, मान्यगन अनि उपस्थित हरु ” मेरो भान्सामा सधैंदुध चोरी हुन्छ त्यो पत्ता लगाउनु पर्यो राजाले भनिसक्ना साथ एक जना जुरुक्क उठेर भने महाराज त्यो दुध सदैव गनु झाको बिरालो ले चोर्छ मैले देखे को हो सरकार ! गनु झा छक्क परे आरोप फेरी आइलाग्यो अब के भन्ने बिषय दुध र बिरालो को छ तैपनि भनि हाले सरकार ! हे महाराज मेरो बिरालो ले दुध खाँदैन सबै छक्क परे अब राजा लाई ढाटेर यो बाहुन मर्ने भो भन्ने सबैले सोचे धेरै जसो खुशी पनि भए जो उनको डाहा गर्थे बिरालो अनि दुध कसरी नखाला राजा समेत छक्क परे अनि भनि हाले अब अर्को सभा मा सबैले आ आफ्ना बिराला हरुले लिएर आउनु गनु झा तिमीले भनेको सत्य भएन भने देश निकाला हुनेछ सिर मुण्डन गरेर आदेश भयो । अब समस्या आंफैं थपियो गनु झा निन्याउरो मुख लगाएर घर फर्किए घरमा श्रीमतीलाई सबै वृतान्त सुनाए अनि अब कसरि बिरालोले दुध खाँदैन प्रमाणित गर्ने उपाय हरु सोच्न थाले अनायसै निस्किएको उत्तरले उनलाई समाधान को सुत्र खोज्न कठिन भै रहेक थियो सताई रहेको थियो ।

गनु झा को सबैले रिस गर्थे अब गनु झा लाइ आज देश निकाला हुन्छ भनेर डाहा गर्नेहरु सभामा खुस देखिन्थे सबैले आ आफ्ना बिराला लिएर आएका थिए राजाको अगाडी एउटा ठुलो कराहीमा दुध राखिएको थियो पालै पिलो दुध भए तिर बिराला हरु लगिन्थ्यो दुध को साथी बिरालो भनेझैं सबै बिराला हरुले दुध देख्ने बित्तिकै हाम फालेर खान गैहाल्थे । सबै भारदारहरु का बिरालाहरूको पालो सकियो अब पालो आयो गनु झाको बिरालोको सबै मुखा मुख गरि रहेका थिए गनु झाको बेइज्जत भएको हेर्न लाई गनु झाको बिरालो ल्याइयो अरु जस्तै त्यसलाई पनि त्यो दुधको भाँडो छेउमा लगियो तर त्यहाँ अरु बिरालाहरु ले जस्तो सो बिरालोले गरेन दुध देख्ने बित्तिकै त्यो भाँडो र राजा लाई समेत नाघेर बिरालो दरवार बाट कुलेलम ठोक्यो, बडो रोचक प्रसङ्ग भयो दरबारमा सबै तिन छक्क परे गनु झा आज पनि बाँच्यो भनेर । राजा ले देश निकाला होइन दस गाउँ गनु झा लाई बक्सिस दिएर सम्मान गरे अरु भारदारहरूलाई बिरालो हरु बाँधेर पाल्ने उर्दी भयो अन्यथा बिरालो सहित देश निकाला गर्ने आदेश भयो । गनु झाले जे बोल्छ त्यो प्रमाणित गरेर देखाउंछ भनेको हो रहेछ ।

जब गनु झा ले दरबारमा आफ्नु बिरालोले दुध खानु त परे जावोस हेर्दा पनि हेर्दैन भनेर आएपछि ठुलो सकस परेछ तिनलाई कसरि प्रमाणित गर्नु बिरालो समेत लिएर उपस्थित हुनु पर्ने अब चैं मुण्डन गरेर देश निकाला हुने भैयो भनेर झोक्राई रहेका बाहुन लाई उनकी धर्म पत्नीले जे उपाय सिकाइन त्यो यस्तो उपाय थियो जो पूर्ण रुपमा सफल भयो, घरमा बिरालो लाई तातो दुध मा सुरी आइज भन्दै समाउदै धेरै पटक मुख चोबी दिएछन् पटक पटक को त्यो कारबाहीले बिरालो यतिसम्म भएछ कि कतै दुध देख्यो भने तर्सिएर भाग्ने दुध खानु होइन ज्यान जोगाउन मात्र खोज्ने भएछ त्यसैको फलस्वरूप गनु झा को बिरालोले दरबारमा इज्जत जोगाईदिएछ जो उनको यो पटक को ठुलो जित ठहरियो । गनु झा राजा हरिसिंह को दरबारमा पुन : सम्मानित र महत्वपुर्ण पदमा नै रहे ।

यो त भयो गनु झा र उनको बिरालो को कथा अब यसै प्रसङ्ग लाई जोडेर हरिले प्रकाशलाई मोही समेत फुकेर पिउँछ भनेका रहेछन बिजुलीको दोकान सबै घरको लागि अन्तिम मा चाहिने समान मा पर्दो रहेछ सबै जना बाँकि माग्ने बाँकी फिर्ता माग्दा उल्टै धम्की का साथै सम्बन्धनै बिगार्ने पछी तिरौला नभए होइन के को बाँकि समेत भनेर गाली कत्तिले त उल्टै कुट्न खोज्ने समेत गर्दा रहेछन त्यो परिस्थितको आंफुले समेत सामना गरिरहेका हरिले प्रकाशलाई मोही समेत फुकेर पिउँछ भनेका रहेछन अर्थात् कसलाई बाँकी दिने कसलाई सामान नै छैन भन्नु पर्ने हो कुन ग्राहक कस्तो भन्ने प्रसंगलाई गनु झा सम्म पुर्याएर हरिले विनोद रसमा पोखेको त्यो पिडा पिडा नभएर हाँसोमा पस्किएका थिए ! जस्तै गनु झाले आँफुलाई परेको पिरको उत्तर खोज्न बिरालोलाई तातो दुधमा मुख झोसेर काबु बनाएर आफ्नु इज्जत जोगाएका थिए । आजकल प्रकाशले चिसो मोही समेत कतै तातो छ कि तातो मोही रहेछ भने त मुख त डाम्ने भो भनेर मोही फुकेर पिउँछ भनेका रहेछन ।

गनु झा उनको बिरालो त्यो तातो दुध अनि चिसो मोही ….. म पनि आज धक खोलेर हाँसे बल्ल कुरा बुझें हे ! प्रकाश ! हे हरि ! धन्य हो फुटानी चोक को फुटानी खाट अनि त्यो फुटानी सभा । जय होस् !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *