Skip to content


लेक फुल्यो लाली गुराँस बेसी फुल्यो टाँकी
हित्त चित्त मिलिसक्यो केमा रह्यो बाँकी
माया डोरीको
के लाउन साहिला बाहुको छोरीको

लामो पुच्छर केको हुन्थ्यो चरी कोकलेको
केको माया लाउँथ्यौ तिमीले भनी टोपलेको
माया डोरीको
के हेर्थ्यो साइनो बाउकी छोरीको

आज मैले घाँसै काटै पारी छेउको रावन्ने
यो मन जस्तो त्यो मन भए छोरा हुन्थ्यो पावन्ने
पानी धाराको
लाऊँ माया गाउँघरमै नलाऊँ टाढाको

एउटा घर त काठमाण्डौंमा अर्को घर सिम्ले
मेरो बिहे भैसक्या छ के भनेको तिम्ले
काँडाघारीमा
नसमाऊ नाडीमा पर्लाऊ जारीमा

काटिहालुँ निगाली त बुनिहालौं देली
बुढीभा नि लान्छु म त भातै पकाइदेली
माया गाजले
बोलाउँदा आउँदिनौ है कसको लाजले

केको तर्को के को तर्को कुराउनीको तर्को
घरमा तिम्रो छँदा छँदै केलाई खोज्छौ अर्को
कपाल नकोर
जति पायो तरुनी घरमा नसोर

नक्कलीको बासना आउँछ त्यसै हरर
जति पायो तरुनी घरमा नसोर

शब्द – शिबराज उप्रेती
स्वर – कुमार बस्नेत, मीरा राणा
एल्बम – लोक कोशेली

Leave a Reply

Your email address will not be published. Required fields are marked *