दु:ख दर्द सबै भाग्छ अलिकता पिएपछि ।
होसहवास सबै हराउँछ बेसुरामै जिएपछि ।
बिनाकसूर तिमीटाढ मैले के तेस्तो बिरायँ कि
छाडीगयौ तिम्ले किन चारैतिर खिएपछि ।
खाएका थियौं कसम धेरै देवीदेउता साँक्षीराखी
सुन्दर घर बसाँउछु भन्थ्यौ मैलेमाया दिएपछि ।
खेल्नु सम्म खेल्यौ तिम्ले लाचार शरिर माथि
सजिलै निस्कियौ तिमी मनको ढोका चिएपछि ।
मुटू माथि छुरा धस्यौ छिया छिया हुने गरी
बाँच्न अब असम्भबभो निर्दोश प्राण लिएपछि ।
सनम गोले
मकवानपुर हाल मलेशिया
