Skip to content

कुन असल कुन खराब जान्नुपर्छ अब


कुन असल कुन खराब जान्नुपर्छ अब
देश बनाउने असल नेता छान्नुपर्छ अब

नगरे हुन्छ यहाँ कसैले अहङ्कार
जनताको अभिमत मान्नुपर्छ अब

आवरण एउटा छ भित्री रुप अर्कै
नक्क्कली मुकुन्डो तान्नुपर्छ अब

धोका मात्र खाए जनताले सधैं
भोट खाई ठग्नेलाई हान्नुपर्छ अब

छोटे राजा बन्न नखोजे हुन्छ कोही
जनतालाई सर्बोपरी ठान्नुपर्छ अब

Leave a Reply

Your email address will not be published. Required fields are marked *