Skip to content


भनिन्छ-युगनायक मन्त्रद्रष्टा ऋषि थिए दधीचि । पौराणिक आख्यानहरूमा दधीचिको निस्वार्थ योगदानका अनेकौँ उज्याला गाथाहरू लिपिबद्ध गरिएका छन् । नेपाली समाजमा, संस्कारमा, साहित्यमा पनि प्रेरणा र प्रभावका आदिपुरुष मानिन्छन् उनी । तत्कालीन युगमा उनले जुन त्याग, तपस्या र कार्य गरे त्यही नै अनन्तअनन्त कालसम्म चिरस्थायी र चिरस्मरणीय हुन पुग्यो । दधीचिले कायम गरेको इतिहासको अग्लो चुचुरोसम्म पुग्ने आधार हामीसँग पौराणिक आख्यान मात्र शेष रहन पुगेको छ । हामीले जे जति सुन्न र पढ्न पाएका छौँ । त्यसको बलियो आधार पनि यिनै ग्रन्थहरू मात्र हुन् । वैदिककालीन संस्कृति, सभ्यता र साहित्यको व्याख्या, विश्लेषण र अनुसन्धान नेपाली साहित्यमा प्रभावकारी किसिमले त्यति हुन नसकेको कारणले गर्दा पनि हामी त्यसैमा आश्रति हुँदै आएका छौँ र त्यसैको छत्रछायाँमा ज्ञानका गोरेटाहरू खन्ने प्रयत्न गरिरहेका छौँ ।

पौराणिक आख्यानमा वणिर्त घटना, प्रसङ्ग वा पात्रहरू र तिनका कार्यहरूलाई प्रामाणिक सिद्ध गर्ने आधारको मजबुत जग बसाल्न नसकेको हुनाले पनि फरक मत र दृष्टिकोण त्यति सुपाच्य किसिमले ग्रहण गर्न सकिरहेका छैनौँ । मिथकको मियो एकपटक मनमा गाडिएपछि गाडिएको गाडियै हुँदोरहेछ । हल्लिए पनि मक्किए पनि, ढले पनि, भष्मिभूत भए पनि ठडिइरहने । चाहेर पनि, चिताएर पनि हामी त्यस्ता विषयहरूलाई उखेलेर ˆयाँक्न सक्दारहेनछौँ । समय-सन्दर्भसँगै सलल बगेर यस्ता प्रसङ्गहरू एक पुस्ताबाट अर्को पुस्तासम्म झन् जब्बर बनेर फिजिन पुग्दोरहेछ । संसारमा हरेक कुरा अथवा पदार्थको विकल्प भेटिए पनि धर्म एवं आडम्बरको विकल्प भेट्न सकिँदो रहेनछ । धर्म एवं भ्रान्तिको अनुवांशिक प्रेतले एकपटक मान्छेलाई गाँजेपछि नमरुञ्जेल गाँजिरहन पुग्दोरहेछ र मान्छे त्यसैको सिम्फोनीमा घुमेर जीवनका उल्लासमय सपनाहरू कोरल्दै जीवनको गीत गाउन पुग्दोरहेछ ।

तर हिन्दीका यशस्वी लेखक वैदिककालीन संस्कृति, साहित्यका अध्येता सन्हैयालाल ओझाले भने त्वष्टा दधीचिका बारेमा भने नयाँ अनुसन्धानको आधारमा स-प्रमाण अलि फरक मत प्रकट गरेका छन् । उनको कथनअनुसार दधीचि युगद्रष्टा, ऋषि मात्र नभएर ख्यातनामा प्राज्ञिक व्यक्ति पनि थिए । उनी जुन युगमा बाँचेका थिए त्यस युगमा अधिनायकवादी इन्द्र र विज्ञानवेत्ता असुरहरूको एकछत्र निरङ्कुश शासन थियो । आ-आˆना काविलाहरूमा गोदाहा बनेर सधैँ यिनैहरू होक्का गरिरहने हुँदा यिनीहरूको थिचोमिचो र उत्पीडनबाट त्रसत्र थिए सबै मानिसहरू । देवता भनेका धर्मका संरक्षक र उनका राजा भनेका चरित्रवान् लोककल्याणकारी नायक भनेर पौराणिक आख्यानहरूको बयान गरे तापनि देवराज इन्द्र नरसंहारकारी, दुराचारी, यौन पिपाशु र संवेदनाहीन तानाशाह थिए । त्यस्ता ज्यानमारा राजाको अमानुषिक बर्बर अत्याचार एकातिर तीव्रगतिमा बढिरहेको थियो भने इन्द्रको सेखीलाई धूलो चटाउन उद्यत अनार्यहरूको जगजगी पनि कम थिएन । जतिजति आर्यहरू युद्धोत्मादमा उन्मत्त भएर अनार्य नास गर्न अग्रसर हुने गर्दथे त्यतित्यति अनार्यहरू पनि उधुम मच्चाउँदै आर्यहरूको मान मर्दन गर्न कछाड कसेर लागि पर्दथे । अनार्यहरूको हिंस्रक गतिविधि र यज्ञविनाशक रणनीतिदेखि आजित भएका हुनाले अमोद्य बज्रजस्तो अचुक हतियार बनाउन थालेका थिए । इन्द्रले पनि कैयौँपटक उनले बनाएका हतियार प्रयोग गरी असुरहरूलाई हराउने काम गरे । पटकपटक छेरछेर पारेर भगाउन सफल वृत्रासुरजस्तो शक्तिशाली व्यक्तिलाई सामान्य हतियारद्वारा परास्त गर्न नसकिने भएपछि नवनिर्मित बज्र पाउनका लागि इन्द्रले धेरै पटक दधीचिसँग याचना पनि गरेका रहेछन् । बज्र इन्द्रकै लागि बनाइएको भए तापनि वृत्रासुरको विरुद्धका निमित्त भने उनी दिने पक्षमा थिएनन् । वृत्रासुर पनि ब्राहृमण वंशकै भएको हुँदा ब्राहृमण वध गर्ने विचारका विपक्षमा उभिएका रहेछन् उनी । बज्रबिना आˆनो महìवकाङ्क्षा बीचमै भडाल्नु निस्किएर तुहुन लागेको देखेपछि एक रात इन्द्र सुटुक्क आश्रममा पुगी दधीचिको शिरोच्छेदन गर्दै बज्र टिपेर टाप भएछन् । इन्द्रको कालो कूटनीतिबाट आहत भएको वृत्रासुर टिगि्रस नदीको किनारामा रहेको गुफाभित्र क्याम्प गरेर बसेको रहेछÙ सो चाल पाई इन्द्रले त्यही त्यहीँ अस्त्रद्वारा उसको वध गर्न पुगेछन् । कथाको साँचो कुरा चाहिँ यत्ति हो ।

इन्द्रको यस्तो घृणित कार्यलाई महाकवि व्यासले त्याग र बलिदानको मनगढन्ते रामनामी गुताएर मोक्ष तुल्याएका छन् ।

ज्ञान, विज्ञान र सञ्चारले विश्वव्यापीरूपमा परिवर्तनको उलार ल्याएको यस भौतिक उन्नतिको उज्यालो युगमा र राजा-महाराजाहरूको प्रशस्ति गाउन टुप्पी ठड्याउँदै आतुर हुन पुगेका केही राजकवि, राष्ट्रकवि सत्य-असत्यलाई ख्यालै नराखी ऋचा कोर्न घुँडाधसिरहेका छन् भने त्यो युग त अल्पज्ञानको युग थियो, धार्मिक आडम्बरले छपक्क छोपेको अँध्यारो युग थियो । बाँचे खानैका लागि भने पनि व्यासले त्यसो गरे हुन् Û

अहिले त जमाना पनि फेरिएको छ ।

-अन्धविश्वासको कालो पर्दा दृष्टिकोणबाट हट्तै गइरहे तापनि केही मानिसहरूको दृष्टि रतन्धो बनिरहेको देखिन्छ । आˆनो धमिलो दृष्टिबाट ब्रहृमाण्डको गति नाप्न ठेक्कापट्टा गरिरहेका छन् । अनि त्यही संदिग्ध आचारणको दुर्गन्धित धूलो चर्म-चक्षुमा लेपन गरी राज्य हाँक्न कम्मर कसिरहेका छन्)

प्रजातन्त्र -घातकीको रूप धारण गरेर डढे पनि) मौलाउँदैछ । बाँडी खानैका लागि भने पनि मलजल हालिँदैछ ।

पार्टीको दासता भित्र बाँच्न विवश बनाइए पनि नागरिकहरूलाई सार्वभौम बनाइँदैछ । छल, प्रपञ्च र विश्वासघातको सञ्जालमा जेलेर राखिएको भए तापनि राज्यशक्तिको प्रमुख स्रोत जनतालाई बनाइँदैछ ।

‘जनता’ शब्द अहिले अलि पाको र प्रभावशाली शब्द बनिरहेको छ ।

अलि धारिलो र शक्तिशाली अस्त्र पनि बनिरहेको छ ।

भरपर्दो र आयमूलक बिनियम पनि बनिरहेको छ ।

कसैले चोरी गर्दा, कसैले डकैती गर्दा, कसैले ज्यान मार्दा, कसैले बलात्कार गर्दा सबै परपीडक अपराधहरू चोख्याउने पवित्र साधन र स्रोत पनि बनिरहेको छ ।

कैयौँ छेतकी, पातकीहरू जनतालाई भजाएर देदिप्यमान हुन खोज्दैछन् ।

कैयौँ अराजक असुरहरू जनतालाई समेटेर भागवण्डा खोज्दै छन् ।

कैयौँ नरसंहारकारी दस्युहरू जनतालाई उचालेर सिंहासनारुढ हुन खोज्दैछन् ।

कैयौँ धुन्धुकारीहरू जनतालाई बोकेर विखण्डनको लक्ष्मणरेखा कोर्न खोज्दैछन् ।

कैयौँ रक्तपिपाशुहरू जनताहरूलाई घेरेर हिंसात्मक पासाहरू खेलिरहेका छन् ।

जनता आयआर्जनका स्रोत बनिरहेका छन्, शक्ति सन्तुलनका आधार बनिरहेका छन्, महìवकाङ्क्षाका मियो बनिरहेका छन्, माथि उक्लने भर्‍याङ बनिरहेका छन्, दमित इच्छा पूर्ति गर्ने साधन बनिरहेका छन्, सत्ता पल्टाउने अस्त्र बनिरहेका छन् ।

यति ठूलो महादानको उपलब्धिमा भने अन्योल, आतङ्क, भय, त्रास, गरिबी, बेरोजगारीको बक्सिसले विभूषित हुँदै दरिद्य जीवनयापन गरिरहेका छन् ।

त्यसैले त काम कालुले गर्दैछ- मकै भालुले खाँदैछ । कछाड एउटाले किन्दैछ- धोती अर्कैले फेर्दैछ । मह एउटाले काढ्दैछ- हात अर्कैले चाट्दैछ । बिहे एउटाले गर्छ-स्वास्नी अर्कैले कुदाउँछ । पसिना एउटाले पोख्दैछ- फल अर्कैले खाँदैछ । राहत एउटाको नाउँमा आउँछ-पोल्टो अर्कै थाप्न पुग्छ । बिरामी एउटा हुन्छ, औषधि अर्कैले टप्काउँछ । गाँस एउटाले मुस्छ-मुख अर्कैले बाउँछ । अपराध एउटाले गर्दछ- दण्ड अर्कैले पाउँदछ । भीख एउटाले माग्छ-प्राप्ति अर्कैले हसुर्छ ।

समानताको यही अवधारणा भित्र, स्वतन्त्रताको यही आचरण भित्र, प्रजातन्त्रको यही उज्यालो भित्र, गणतन्त्रको यही अनुरागभित्र जनता जाज्वलमान हुँदै गति खोजिरहेका छन्, प्राप्ति खोजिरहेका छन्, प्रगति खोजिरहेका छन् र राज्य पनि जनताको उर्धगामी विकासका निमित्त जनवादी यस्तै शैली उरालेर दिशानिर्देश गरिरहेको छ ।

त्यसैले, जनता शब्द कसैले उच्चारण अथवा प्रयोग गर्दा मलाई एक्कासि कामज्वरो आउँन थाल्छ । मुटुमा गाँठो परेर उदरसुलहुन थाल्दछ एवं ऐँठन हुन थाल्छ कताकता अदृश्यरूपमा कसैले मस्तिष्कमा आरो चलाएझैँ लाग्ने हुनाले जीउ सिरिङ्ग हुन थाल्दै सर्वाङ्ग काँडा उम्रन थाल्छन् । कसैले आदर गरेर जनता भने, भने पनि कसेर गालामा थप्पड हानेझैँ लाग्न थाल्दछ ।

तहगत अर्थ, शब्दकोशले जे जस्तो लगाएर परिभाषा गरे पनि मुखिया तालुकदारका रैती, स्वामीका सेवक, जर्सावका कमारा, मालिकहरूका नोकर, हाकिमहरूका तावेदार, साहूहरूका हली, राजाका प्रजा र नेताका जनताको अर्थमा तात्विक फरक छुट्याउन सकिरहेको छैन । अर्थ जेजे भए पनि आशय उस्तैउस्तै हो जस्तो लाग्दैछ मलाई ।

नयाँनयाँ शब्दहरूको प्रयोगले वंश, काल, परिस्थितिअनुसार अर्थहरू नयाँनयाँ बोके तापनि गुढ अभिप्राय पुरानै रहेको देखिँदैछ । लगौँटी कट्टुमा रूपान्तरित भए पनि पेटिकोट भए पनि, कछाड पाइन्ट बने पनि, सुरुवाल बने पनि, भोटो कमिज नै बने पनि कोट नै बने पनि, टोपी ह्याट नै बने पनि क्याप नै बने पनि काम त उही नै हो ?

जनता शब्द अहिले रुढ हुन थालिरहेको छ । उपरवालाहरू हामी त शासक हौँ, देशको भाग्य विधाता हौँ भनेझैँ गरिरहेका छन् । उनीहरू आफूलाई आमनागरिक अर्थात् जनताभन्दा पनि माथिल्लो दर्जाका नागरिकहरू हौँ भनेझैँ गरिरहेका छन् । अनि जनता भन्ने वर्ग चाहिँ रबरछाप बन्न पुगिरहेका छन् । पाँचपाँच वर्षमा कुनै जब्बर अहमवादीलाई माथि पुर्‍याउन ल्याप्चे ठोक्ने साधन । सम्पूर्ण नागरिकलाई दोस्रो दर्जाको नागरिकसरह व्यवहार गरिँदैछ । राज्यशक्तिको स्रोत भनिएका नागरिकलाई विस्थापित नागरिकसरहको व्यवहार गरिँदैछ । शरणार्थीको पीडा भोग्न विवश बनिरहेका छन् सार्वभौम भनिएका नागरिकहरू ।

प्राचीनकालमा सम्बन्धहरूको अव्यवस्था र गडवडी देखिए तापनि त्यसको तुलनामा आज रागात्मक, आध्यात्मिक र वैचारिक पक्षमा परिवर्तन नभएको होइन पर्याप्त हुँदै गइरहेको देखिन्छ तर भौतिकरूपमा त कहाँ परिवर्तन हुन सकेको छ र ? त्यसैले मलाई लाग्दैछ, आज पनि हामी दधीचीय जीवनशैली बोकेर हिँडिरहेका छौँ । प्रतिभा भए पनि, क्षमता भए पनि, सीप भए पनि फुलाउन नपाउँदै, फैलाउन नपाउँदै, सर्वतोमुखी पार्न नभ्याउँदै एउटा दस्युको सरदार क्षितिजको पल्लो कुनाबाट टुप्लुक्क उदाउँछ र केही बोल्नु अगाडि नै गुरुदक्षिणाको खोचे थापेर थुङ्गो तान्न पुग्छ, कि त प्राप्तिलाई टपक्क टिपेर कुलेलम ठोक्न पुग्छ ।

कुसंस्कारका आनुवांशिक खोरेतहरू आज पनि हाम्रा खुरखुरुमा गुँडुल्किएर बसेका छन् र अर्काको उन्नति, प्रगति र भौतिक विकास देखेपछि ईष्र्याका सिङजुरा उमार्दै झम्टा मार्न पुग्छन् ।

सोच र सिर्जनामा धेरै परिवर्तन ल्याउन विश्वले उल्लेखनीय प्रगति गरे पनि सामन्ती संस्कारको महाप्रेतलाई भने मनबाट निकालेर ˆयाँक्न सकिरहेको छैनौँ ।

हामीले जतिसुकै प्रगतिका फुर्का हल्लाएर हिँडे पनि, उन्नतिका झालर झम्काएर झुले पनि, परिवर्तनका लहर उरालेर उर्ले पनि ती सबैको पदचापमा कोट्याएर सुँघे हुन्छ त्यहाँ आदर्शमा उभिन खोजेको वर्तमान भन्दा आडम्बरमा उँघेको विगत दङदङी गन्हाएको देखिन्छ । अध्ययनमा अगाडि बढ्न खोजेको आगतभन्दा अन्धकारमा बामेसर्न थालेको विगत हृवासहृवासी गन्हाउन थालेको देखिन्छ । चेतना र चातुर्यमा चलायमान हुन थालेको वर्तमान भन्दा अराजकतामा उम्लिएको विगत भकभकाउन थालेको देखिन्छ । विवेकयुक्त वैज्ञानिकयुगको सङ्घारमा टेकेर सुकिलो भविष्य खोज्दै हिँड्दा पनि विगतलाई नघिसारी हिँड्न सकिरहेका छैनौँ । समयको अनन्त यात्रामा धेरै जँघार तरिसक्दा पनि धेरै प्रेरणादायी र जीवनदायी विषय र कथनहरूलाई छोड्दै चरित्र विघटनका घिनलाग्दा प्रवृत्तिहरूलाई भने ब्रहृमसूत्रकोरूपमा काँधमा, काखीमा बेरेर हिँडिरहेका छौँ भन्न त धेरै मानिसहरू समाज परिवर्तन मूल आधार नै राजनीति हो भन्छन् । राजनीतिबिना संस्ाारको परिकल्पना नै गर्न सकिन्न भनेर तिघ्रा ठटाउनेहरू पनि छन् । होला पनि, यस विषयमा विवाद गरिरहन चाहन्न । यति लामे, कुराले परिभाषा लगाउन सक्ने ल्याकत ममा छैन तर विगतका धेरै आख्यान उपाख्यानका, अरण्यभित्र पसेपछि के बुझेँ भनेँ, राजनीति नरहेपछि संसार रहला नरहला, त्यो आˆनै ठाउँमा छ तर संसार सुनैसुनको भए पनि, अमृत नै अमृतको भए पनि यदि सज्जन मानिस भएनन् भने त्यसको कुनै सार र अर्थ नहुनेरहेछ ।

हुने भए न त कंशले अकालमा नै मर्नु पथ्र्यो, न त दूर्योधनको वंश विनाश नै हुने थियो । न त इदी अमिनले भाग्नु नै पथ्र्यो, न त हिटलरले झुण्डिने रहर नै गर्नुपथ्र्यो ।

संसार सञ्चालन गर्ने शक्ति राजनीति होला तर त्यसको आवश्यक आधार अंश चाहिँ प्राज्ञिक चेतना नै हो । प्राज्ञिक चेतनाबिना कुनै पनि शासक एकदम पनि अगाडि बढ्न सक्दैन र जबरजस्ती हिँड्न खोज्यो भने पाइलापाइलामा ठेस लागेर हृयान्स एण्डरसनद्वारा लिखित द इम्पररन्यु क्लोथको नायकझैँ निर्वस्त्र भएर पछारिन पुग्छ ।

कालबोध नभएको समय अथवा इतिहासको मूलधारमा सिर्जन अड्केर अलौकिक ज्योति छर्न पुगेको पनि छ ।

सिर्जना परम्पराका उपकरणभित्र काल र स्थानको वास हुनेहुनाले युगलाई राजनीतिले भन्दा पनि सिर्जनाशक्तिले डोर्‍याएर हिँडेको इतिहास अझै अमिलो बनिसकेको छैन ।

क्षणिक स्वार्थ र दूषित महìवकाङ्क्षापूर्ण पार्न आजका धेरै शासकहरू यिनै सिर्जनाशक्तिका संवाहकहरूलाई आक्रोशको बलीवेदीमा पुर्‍याएर पूणर्ाहुति दिँदैछन् ।

दधीचि बिते, सुकरात बिते, भ्यालिलियो बिते रोमारोला बिते, केनसारो निवा बिते, गेहेन्द्रशमशेर बिते, कृष्णलाल बिते, कृष्णसेन बिते, ज्ञानेन्द्र खड्का बिते । वित्नेहरू धेरै छन् । यसरी एउटा काल बित्छ, समय बित्छ र शासक शक्तिको दुष्चक्रमा हालेर स्रष्टाहरूलाई घुन पिसेझैँ पिसिरहन्छ । कसैले आˆनो पसिनाले भिजाएर कुनै चामात्कारिक काम गर्न थाल्यो भने त्यसको विश्वव्यापी प्रभावको रापले सखाप नै हुन्छ कि भनेझैँ गरी प्रत्येक शासक प्रत्येक कालखण्डमा अहङ्कारका दारा तिखार्दै चिथोर्न थाल्छ सिर्जनाका सर्वतोमुखी प्रभावलाई ।

राज्यशक्ति चाहे यस दलको होस् वा उस दलको निरीह नागरिकहरूको आलो रगत नचुसी टिक्न नै कहाँ सकेको छ र ? एउटा दल सत्तामा पुगे अर्को दल सडकमा पुग्छ, त्यही काम गर्न जुन कामको कुर्सीमा टिकुञ्जेल ऊ सदैव भत्र्सना गर्ने गथ्र्यो । नाटक पनि उही, पात्र पनि उही प्रवृत्ति पनि उही, चरित्र पनि उही । शैली पनि उही, स्टेज पनि उही । केवल अभिनय मात्र फरक, भूमिका मात्र फरक । फरक फरक पृष्ठभूमिमा बर्बरताको चक्रव्युह चलिरहन्छ । चलिरहन्छ र निर्दोष नागरिकहरूको घाँटी निर्वाधरूपले निमोठी सकेपछि भने शान्तिको प्रलाप सुरु गरिन्छ । डढीसकेको घरको भुत्भुतेमा पानी छर्कनुलाई नै राहत र उद्धार संजीवनी संज्ञा दिँदै ।

आदर्शमा भने मान्छेका नैसर्गिक अधिकारहरूलाई सार्वभौम, राज्यशक्तिका स्रोत, देशभक्त, कर्मठ र इमानदारजस्ता अमूर्त कुराहरूमा झुण्ड्याइरहेका छन् । व्यवहारमा भने लोप्पा ख्वाइरहेका छन् ।

सुखमय जीवनको कल्पनामा मुख मिठ्याउँदै हिँडे पनि अहिले हामी चेतना फुक्लिएको जीउँदो लासलाई घिसारेर हिँडिरहेका छौँ । शासनसत्ताको गड्गटे सिकञ्जाले गुँडुल्की पारेर बेरेको छ हाम्रो चेतनालाई र त्यसलाई मचमची कुल्चेर सिन्की बनाउने काम राजनीतिले गरिरहेको छ ।

साहित्यकार बनेका एकजना नरभक्षी नायकले तराई भ्रमणका सन्दर्भमा बारा जिल्लाको निजगढ भन्ने ठाउँमा आˆनो अखडा जमाई घण्टा दुएक एकदर्जन सुरक्षाकर्मीलाई वरिपरि राखेर घुरेर बसे । बेलुका स्वामीसामु पर्नासाथ पुच्छर हल्लाउँदै भुक्न पुगे- “म पनि दुई/तीन घण्टा बसेर आएको हुँ Û तराईमा केही पनि भएको रहेनछ । केही षड्यन्त्रकारी तìवहरूले दरबारसँग मिलेर चुनाव विथोल्न चलाएका खाली होहल्ला मात्र रहेछ ।

अनि अधिकार प्राप्तिको नाउँमा गरिएको लोमहर्षक बर्बरता र साम्प्रदायिक हिंसाको कालो बादलले तराईलाई लफक्क भिजाएको देख्दादेख्दै पनि गृहजस्तो जिम्मेवारीपूर्ण मन्त्रालयमा पुगेका अर्को महिषासुर आँखा चिम्लेर क्यामेरा अगाडि भन्न पुग्छन् तराईको आन्दोलन विशुद्ध राजनीतिक आन्दोलन हो । यसले नेपालको एकता, अखण्डता र सार्वभौमिकतालाई अलिकति पनि आँच पुर्‍याउन खोजेको छैन । मात्र अधिकारको लागि सङ्घर्ष हो ।

त्यसैले मलाई लाग्दैछ सत्ता निर्लिप्तताको यो आधुनिक भावना त्यही सामन्तीयुगको खण्डित राष्ट्रवादी भावनाजस्तै होइन र ? यो त्यही युद्ध पिपाशु मानसिकताको बिक्रित स्वरूप र धङधङीको अवशेष नै त हो नि Û जुन सामन्तशाही मध्ययुगीन दास मनोकृतिबाट ग्रसित खलनायकहरूले राजा-महाराजाहरूको आड लिएर देशलाई बर्बाद गर्नमा कुनै दानवी कसर छोडेका थिएनन् । दल अथवा शासक जो कोही पनि सत्तारुढ हुनासाथ विगतमा आफूले भोगेको, देखेको गरिबीको दारुण दृश्यलाई भुसुक्क बिर्सेर मुगल बादशाह हुन पुगिहाल्छन् ।

षड्यन्त्रकारी तìवले चलाएको हल्लाको भरमा मात्र तराईमा डढेलो लागेको भए आˆनो, पुख्र्यौली थातथलो र गाँसगाँस घटाएर जोडेको श्री-सम्पत्ति चटक्क छोडेर भएका झिटीझाम्टालाई डोकोमा हाल्दै राजधानीको कुनै अँध्यारो कुनाको चिसो छिँडीमा कक्रेर कदापि बस्ने थिएनन् होला । निर्मोही व्यासहरू । भएभरको सिरीखुरी छोडेर बालबच्चा काखी च्याप्दै रातारात कुनै अपराधीझैँ भाग्ने रहर कदापि गर्ने थिएनन्- रामकृष्ण काˆले, अमर त्यागी, शीतल गिरी मदन आलेहरू ।

कुर्सी नै सबै कलहहरूको जड हुन पुगिरहेको छ । कुर्सीको परपीडक रापले स्रष्टाहरूको सुकिलो उज्यालो चौतर्फी चमकलाई भष्मिभूत पारिरहेको छ र केही दरिद्र लेखकहरू राज्यको गुणगानस्वरूप काला काव्य लेखिरहेका छन् । तिनै कीर्ते कथनका घिनलाग्दा अनुरागहरूले निर्मोही व्यासहरूको वेदनाको झङ्कारलाई थिचिरहेको छ, अमर त्यागीहरूको कम्पनलाई कोतरिरहेको छ, शीतल गिरीहरूको चित्कारलाई चोइट्याइरहेको छ, रामकृष्ण काˆलेहरूको आर्तनादलाई ओझेलमा पारिरहेको छ, मदन आलेहरूको कारुणिक आर्तनादलाई थिच्ने काम गरिरहेको छ । त्यसैले अहिले यिनीहरूले देखेको, भोगेको, अनुभूत गरेको पीडाका रागहरू छापामा देखिँदैनन् । छापामा एकछत्र शासकहरूको हुकुमी संयन्त्र र जयगानका चित्कारहरू मात्र आउने गर्दछन् । देश सुकरातका सुकेका शब्दहरूको बलले भन्दा पनि गोयवल्सका शकुनी दाउपेचले मात्र चल्दोरहेछ भन्ने ठानी आजका शासकहरू गोयवल्स शैलीलाई नै गायत्री मन्त्र सम्झेर त्यसैको आराधना र उपाशनामा लीन हुन थालिरहेका छन् ।

खै, के हुन आँटेको हो यो प्रजातन्त्रलाई Û एकपाटो हेर्‍यो-सुकिलो र चहकिलो हुन्छ कि झैँ लाग्छ । अर्को पाटो हेर्‍यो-निर्दोष नागरिकहरूको आलो रगतले लफक्क भिजेका गाढा टाटाहरू मात्र छन् । हत्या, हिंसा र अपराधका आँसुले कोरेका धर्साहरू मात्र छन् । दुराचारीहरूका घिनलाग्दा प्रवृत्तिहरूका पाप्राहरू मात्र देखिँदैछन् । अनि लाग्छ प्रजातन्त्र भनेको उत्तरआधुनिक समालोचकहरूले भन्ने गरेको फगत भ्रान्ति मात्र पो रहेछ । काँचको टुक्राजस्तो । न भोक लागेको बेलामा खान सकिन्छ न त जाडो भएको अवस्थामा लगाउन नै सकिन्छ ।

अनि राजा, प्रजा, नेता, जनता, किसान, मजदुर, धनी, गरिब, सर्वहारा-सर्वधारा भूमिपति-भूमिहीन, बध्य-बधिक, हेजरीवेञ्च र अपोजिसन सबै राजनीतिको तमाम सिक्का चाहिँ एकै, स्वरूप चाहिँ विविध नामका हुने ठाउँमा विचारा दधीचिहरूको चित्कार सुन्ने र साँचो इतिहास लेख्ने फुर्सत नै पो कसलाई छ र ?

शक्ति उन्मादको जाँतोमा योगदानलाई पिस्ने परम्परा हिजो पनि थियो । त्यसैले दधीचि पिसिए । आज पनि छ, मात्र ढिलो चाँडोको कुरा हो । लाइनमा छौँ हामी । पहिलेको पिसिने हो त्यति मात्र थाहा छैन । नत्र भने साँचो बोलेबापत त्यसको भुक्तानी त हामीले गर्नै पर्छ नि Û हैन र ? यस देशमा जन्मेका हुनाले हामी ऋणी छौँ । ऋण खाएपछि नतिरी हुन्छ ? तिर्नैपर्छ Û चाहे झुण्डिएर तिर्नुस् चाहे विष, गोली खाएर तिर्नुस् ।

ढिलो-चाँडो मात्रै हो असुल्नेले असुलेरै छोड्छ ।

-निर्मोहीनगर, चन्द्रनिगाहपुर-१, रौतहट

Leave a Reply

Your email address will not be published. Required fields are marked *