Skip to content

बोले देखी देवहरू


नदेखेझै गरी छाडी गयौ पीडामा
गर्छैा फेरि पुजा धाएर मन्दिरमा
अपमानका शव्द सँगै गरेर प्रहार
बस्छैा फेरि मन्दिरमा जेार बत्ती बालेर

एक्लै मैले बाटो खेाज्दा सेतेा छडी टेकेर
त्यही बाटो हिड्दै थीयौ नदेखेझै गरेर
फस्दा मेरा विह्ल्चेएर दोबाटोको खाल्टोमा
गल्ती मेरै भयो हजुर समाजको नजरमा

संकेत मेरा शव्दहरू हातका चाल चाल्छ
तिम्रा जस्तै भाषाहरू यस्ले पनि बोल्छ
पिलाएर विषहरू अमृत तिमी खेाज्छैा
लडाएर भीडमा मेरा वैशाखी मानवताको कुरा गर्छैा

खेाइ कस्ले बनाइदियो मेरो यो संसारलाई
खेाइ कस्ले भुलाईदियो मेरो स्मरण शक्तिलाई
वुझ्न नसक्दा तिम्रो यो सुन्दर संसारलाई
कत्ति रुन्छिन मेरी आमा सम्झी मेरो भविष्यलाई

निभेका मेरा चेतनाका दीयोहरू पल पल वाल्ने कोशिस गर्दै छु
हराएका मेरा स्मृति वसन्त झै प्रत्येक साल फर्कने ‌आसामा छु
थाहै नपाइ चेाट पुर्याउने मेरा संसारका नियतीहरूसँग
माफी पनि सक्दिन माग्न धिक्कारु कसरी यो खेाटो नियतीसँग

(माथिका यी दुइ लाईनहरू वैाद्धिक अपाङगता भएका व्यक्तिहरूमा समर्पित)

तिमी धाउने मन्दिरमा बोलेदेखि देवहरू
सिक्थ्यौ हेाला तिमीले पनि मानवताका पाठहरू
बलेदेखि त्यो मन्दिरमा चेतनाका दियोहरू
फेरिन्थ्यो कि तिम्रा पनि हामीलाई हेर्ने नजरहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *