Skip to content

साथी एक पेग लगाउन देऊ !


साथी एक पेग लगाउन देऊ,
मलाई जीवन जिउन देऊ ।
भोर भयो त के भयो ?
मलाई मेरै उच्छवासभित्र रम्न देऊ,
साथी एक पेग लगाउन देऊ!
मेरो नजरबाट तिमी हेर,
उही दिल भेट्छौ तर,
अनुहार नयाँ!
आफ्नाहरूको साथ छाडेर,
पराई हुन मलाई देऊ,
साथी एक पेग लगाउन देऊ!
उत्तरार्धतर्फ बढेको – जीवन यो,
रहेन बाँकी कुनै इच्छा- आकाँक्षा,
बस एक क्षण, जिउन देऊ
साथी एक पेग लगाउन देऊ!

Leave a Reply

Your email address will not be published. Required fields are marked *