आफ्नै छोरी नखर्मौली तन्नेरीलाई यो दोष किन ?
जता हावा त्यतै बग्ने जवानमाथि आक्रोश किन ?
जन्म दियौ कर्म दियौ बन्चित राख्यौ संस्कारबाट
बैंश चढ्यो तृष्णा बढ्यो इज्जत तिम्रो धानोस किन ?
जहाँ बज्छ ताली त्यहीं मर्काई नाच्छे कम्मर जाली
देखी यस्तो उच्छृङ्खल चाल भमरा मन थमोस किन ?
गुन्यु चोली पाखा लायो रेसम जालो जिउमा छायो
हेर्नु आफ्नै मर्जी कोही नजर तल ढालोस किन ?
जिम्मेवारी पैशा मान्यौ धन सम्पति महान ठान्यौ
खै के गर्यौ दैलो देख्यौ सम्हाल मन बेहोस किन ?
