फक्रेको छ जवानी यो सुवास छर्दै बगानमा
जम्मा पार्दै अनगिन्ती अश्रु दाना सिरानमा
आवरण सबै देख्छन देख्ने कस्ले मनको पीडा
झल्केकै छ हाँसो ओठ्मा,छोपी दर्द जवानमा
नियमै हो प्रक्रितीको जन्म मृत्यु धुर्व सत्य
बोकी चिन्ता गोधुलिको फक्रेकै छ बिहानमा
जल्दै कैले ढल्दै जीवन बेहोसीमा संगाल्दै मन
नियतिले जे लेख्यो त्यै भोग्दै छ यो विधानमा
कयौं दुख कष्ट खप्दै हारमा पनि जीत जप्दै
लड्दै छ यो जसो तसो जिन्दगीको मैदानमा
आफु हाँस्दा दुनिया नै हास्छ रोए दिन्छ ताली
कस्ले बुझ्ने? कति पिडा लुकेको छ मुस्कानमा
