(संबिधान सभा )
बाटो ढुकी कुइनेटोमा भत्काइदिऊँ कि तिमीलाई
ढुंगा हानी मोटरभित्रै सुइँकाइदिऊँ कि यिनीलाई
स्वागतद्वारमा लाम लाग्दा पड्काइदिऊँ कि तिमीलाई
गाउँ आउदा समाएर सम्झाइदिऊँ कि तिमीलाई
किन गयौ त्यो ठाउँमा के के गरी फर्कियौ त
गयो जोवन यो देशको निकास केही दियौ के त
जयकार गगन भेदी नारा लगाई पठाएथ्यौं
मोज गर्यौ मस्ती गर्यौ देशै अब भसाए छौ
घाँटी मिलाई नेउरी सर्प नागमणि निली सक्यौ
खान्न खान्न भन्थ्यौ पहिले भेटे जति सबै निल्यौ
जनतासँग हात मिलाई देश निर्माण गर्छु भन्थ्यौ
सियो भई पसेका थियौ फाली बनि निस्किएछौ
हिसाब किताव के कसो छ के के गरि फर्कियौ त
फर्किएर आउँदा खेरि गाउँ बेंसी होस गर
किन गयौ त्यो ठाउँमा के के गरी फर्कियौ त
के के गर्यौ निर्माण तिम्ले केही कतै देखिदैन
यो चालाले जिउनु भन्दा डोरी बोकी रुख चढ़
फर्किएर आउँदा खेरि गाउँ बेंसी होस गर
किन गयौ त्यो ठाउँमा के के गरी फर्कियौ त
बाटो ढुकी कुइनेटोमा भत्काइदिऊँ कि तिमीलाई
ढुंगा हानी मोटर भित्रै सुइँकाइदिऊँ कि यिनीलाई
स्वागत द्वारमा लाम लाग्दा पड्काइदिऊँ कि तिमीलाई
गाउँ आउदा समाएर सम्झाइदिऊँ कि तिमीलाई
==================================
(संबिधान सभा )
