नेपाली नेताको अशान्त यात्राबाट
राष्ट्रप्रेमिहरू विमुख हुँदै छन रे
आफ्नो बलिदान खेर जाँदा
शहिदहरु स्वर्गमा छट्पटाउदै छन रे।।१।।
कुर्शीको निम्ती आफ्नो मातृभमी
बेच्न तयार हुँदै छन रे
शहिदको सन्देश र बलिदान विरुद्व
विदेशीसँग सम्झोता पनि गर्दै छन रे।।२।।
एक पटक त रित्याए राज्यको ढुकुटी
फेरी पनि रित्याउने प्रयास गर्दै छन रे
जबरजस्ती भएपनि नजोडिने
कुर्शीको मर्मत पनि गर्दै छन रे।।३।।
नेपाल आमाको सिँउदो भर्न भन्दा पनि
आफ्नो स्वार्थको लागी काम गर्दै छन रे
विकास निर्माणको नाममा राष्ट्रमा
साम्राज्यवाद भित्र्याउन खोज्दै छन र।।४।।
जनतासँग एउटा कुरा गर्दै
भित्रभित्रै जाल बुन्दै छन रे
यि नेताको मतभेदले गर्दा
नेपालीले दुःख पाउदै छन रे।।५।।
किन सम्झिएनन् नेपालीले नेताले
बुद्घको सत्मार्गमा हिड्ने अर्ति
खै कता पुग्ने होला भोलिपर्सि
नेपाल भन्ने यो हाम्रो धर्ति।।६।।
