Skip to content

नखोज तिमीले असल भेट्दैनौ


नखोज तिमीले असल भेट्दैनौ यहाँ
म जस्तो लाचार निर्बल भेट्दैनौ यहाँ

लघु र गुरु पो हेरिन्छ अचेल मेरो
नखोज सृर्जना गजल भेट्दैनौ यहाँ

के खोज्छौ सुकिला मुकिला धुलोमा तिमी
हिलोमा फूल्ने त्यो कमल भेट्दैनौ यहाँ

बसन्त बाहर आए पो फुल्दछ फूल
सुगन्ध सुभाष हरपल भेट्दैनौ यहाँ

बिदेशी संस्कार बोकेर रमाउ तिमी
नखोज ‘गाँउले’ मादल भेट्दैनौ यहाँ

जीतु खड्का गाउले
मोरङ उर्लाबारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *