Skip to content

बिहानीको किरण पनि नेटो काटी रात बन्छ


पलाएको मुना पनि ओइलाएको पात बन्छ
बिहानीको किरण पनि नेटो काटी रात बन्छ ।।१।।

दुख बेथा भुलाउने बहानामा पिउदा पिउदै
जहर बनी नशा नशा फैलेपछि मात बन्छ ।।२।।

“आफू राम्रो जगत राम्रो ” भने पनि कैलेकाही
समयमा नाचिन्दामा आफ्नो मान्छे घात बन्छ ।।३।।

जन्मदानै कसले कसलाई चिनेर नै आ’को हुन्छ
समाजको दायरामा मान्छे विचमा जात बन्छ ।।४।।

कोही हिड्छ हाँसी हाँसी रीस राग फाल्यो भने
जुदाउने मिलाउने हाम्रो आफ्नै बात बन्छ ।।५।।

संजय कुमार खड्का
रामेछाप देउराली -८
हाल – साउदी अरब

Leave a Reply

Your email address will not be published. Required fields are marked *