एक निमेष मै आस्थाहरू ढल्दा थाहा पाएँ
अत्यासमा भित्री मुटु जल्दा थाहा पाएँ
बालापन र बिगत मात्र पर्याप्त हुन्न रैछ
धर्मराउदो गन्तब्यले छल्दा थाहा पाएँ
स्थीर तलाउको कन्चन पानी बन्दा पनि
दिनदिनै आत्मविस्वास गल्दा थाहा पाएँ
क्षितिजको मिर्मिरेमा सुन्दर भोलि देखिन्छ कि ?
सपनीमा बिरानो फल फल्दा थाहा पाएँ
धुम्मिएको आकाशमा खुशी खोज्ने चेस्टा गर्दा
चादनी झैँ मनको दियो बल्दा थाहा पाएँ
प्रकाश पौडेल माइला
गुन्जनगर- ४, चितवन
हाल- योकोहामा, जापान

wa prakash dai nikai mitho
wa prakash dai nikai mitho 6..utar utar pargati ko kamana ..ajhai yestai itho rachna padna paiyos