Skip to content

जनताको अनुहारमा खुशी ल्याउ
राष्ट्रलाई सफलतातर्फ उन्मुख गराउ
सगरमाथा झै शिर उच्च पारी
विदेशिमा कौतुहलता ल्याउ
जनसंबिधान निर्माणमा निस्चिन्तता
जनताको इच्छा आकाङ्क्षा र
नेता बन्नुको सार भुझेर
राष्ट्र र राष्ट्रियताको सम्मान गर्दै
राष्ट्रिय अखडन्ता र राष्ट्रियताको
मुल्यमा आफ्नो अमुल्य जीवन
बलिदान दिएरै
राष्ट्रको बिकासमा सदैब
अगाडि बढ्दै जाउ
आफुले हास्न नसके पनि
नेपाली जनतालाई हसाउ
राष्ट्रप्रती आफ्नो कर्तब्य नबिर्सी
सामन्तवाद अन्त्य गरी
अग्रगामी विचारको निम्ती
सधैं सधैं अगाडि बढ्दै जाउ
आफुले एक्लई नसके
गोलबन्द गर
अग्रगामी विचार धारालाई
उनिहरुले साथ दिने छन
तिम्लाई तर
घात गर्यौ तिमीले भने
उनिहरुले नदेलान
तिमीलाई माफ
त्यसैले होसियारि पूर्वक
उनिहरुको विचारलाई
पनि सम्मान गरी
ब्यत्तिगत स्वार्थ त्याग
मैले के पाए राष्ट्रबाट होइन
मैले के दिए राष्ट्र लाई त्यो सोच
हजारौ शहीदका बलिदान के का लागि
यो तिमीले सोच्नु जरुर छ
उनिहरुका इच्चा चाहनालाई मार्न होइन
तिनिहरुको सपनालाई पुरा गर्न
सक अनी मात्र तिमीले एक
सच्चा र असल
नेताको रुपमा आफुलाई पाउने छौ
अनि मात्र तिमीले
आफु लाई एक राष्ट्रिय नेताको
रुपमा परीचित गराउन सक्छौ
अनिमत्र तिमी एक सफल
राजनीतिग्य बन्न सक्छौ
त्यसैले तिमी आफु कस्तो
राजनीतिग्य बन्ने हो ?
त्यो तिम्रै हातमा छ तर
तिमी असल राजनीतिग्य बन
तिमीलाई नेपाली जनताको शुभकामना………………..

1 thought on “नेतालाई सन्देश”

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *