Skip to content


केटा –
हिमालसरी म अग्लिरहेछु
समात समात समात मलाई

केटी –
बादलसरी म पग्लिरहेछु
सम्हाल सम्हाल सम्हाल मलाई

केटा –
यी तारा कति छन् म गन्न सकुँला
तर तिम्रो माया कति छ नसोध
जहाँ वरले पीपल अंगालेर बस्छ
तिम्रो मेरो साइनो त्यतैतिर खोज, त्यतैतिर सोध

केटी –
दुलही सरी म रंगिरहेछु,
उचाल उचाल उचाल मलाई
बादलसरी म पग्लिरहेछु
सम्हाल सम्हाल सम्हाल मलाई

केटी –
म खोली बनेर सुस्तरी आउँला
तिम्रो सागरमा केही ठाउँ देऊ
तिम्रा सारा तृष्णा मै मेटिदिउँला
मलाई तिमीमै समेटिन देऊ, समेटिन देऊ

केटा –
आकाश सरी म फैलिरहेछु
अंगाल अंगाल अंगाल मलाई

केटी –
म बादल सरी पग्लिरहेछु
सम्हाल सम्हाल सम्हाल मलाई

केटा – हिमाल सरी म अग्लिरहेछु
समात समात समात मलाई

केटी –
म बादल सरी पग्लिरहेछु
सम्हाल सम्हाल सम्हाल मलाई

शब्द र संगीत: गोपाल योन्जन
स्वर: नारायण गोपाल र अरुणा लामा
चलचित्र : कान्छी

Leave a Reply

Your email address will not be published. Required fields are marked *