Skip to content

नयाँ नयाँ सरकारले


नयाँ नयाँ सरकारले, युवा बेच्छन् यहाँ
दुखी हैन सान्दारले, युवा बेच्छन् यहाँ

सपना साटिन्छ खाडीका बलुवासँ’
सपनाका जान्कारले, युवा बेच्छन् यहाँ

गाऊमै बस तिम्रो त्यतै खोजी हुन्छ
दलाल ती खुँखारले, युवा बेच्छन् यहाँ

कस्तो बिडम्बना आँफै बेचिन्छौ हामी
लालची सँस्कारले, युवा बेच्छन् यहाँ

राजेन्द्र ज्वाल के सी पिपलडाँडा-३
सिन्धुपाल्चोक हाल काठमाडौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *