छातीभरि वेदना छ के नै छ र मसँग त
बन्धकीमा गहना छ के नै छ र मसँग त ।।१।।
छुवाछुत समाजमा हेपिएको मान्छे न हुँ
कु-जातको लाञ्छना छ के नै छ र मसँग त।।२।।
छट्पटिदै कोल्टे फेर्छु हर रात बिछ्यौनामा
केबल उन्कै सम्झना छ के नै छ र मसँग त।।३।।
मोती दाना खन्याएर छाक टार्ने पौरखी हुँ
पसिनाकै वासना छ के नै छ र मसँग त।।४।।
तिमी जस्तो बहरमा निपूर्ण त कहाँ छु र
साहित्यमा साधना छ के नै छ र मसँग त।।५।।
कु-रीतिको पर्दा चिर्न निस्किएको पागल मान्छे
आधा आधी चेतना छ के नै छ र मसँग त ।।६।।
जीतु खड्का गाउले
मोरङ उर्लाबारी
हाल साउदी अरब
