Skip to content

अनेसास कोलोराडोको नियमित कवि गोष्ठी सम्पन्न (२०१२, डिसम्बर)

  • by
20130101_PraptiSharma_News


यही डिसेम्बर ३०, २०१२ आइेतबारका दिन अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो च्यापटरद्वारा नियमित गरिने साहित्य संगम तथा गीतकार ज्ञानेन्द्र गदाल ज्युलाई “डा. अम्बेड्कर ब्रोदर हुड् पुरस्कार” प्राप्त गर्नु भएको उपलक्षमा अनेसास कोलोराडो च्यापटरको तर्फबाट शुभकामना कार्यक्रम सम्पन्न गरियो ।

अध्यक्ष आचार्य प्रभाको अध्यक्षतामा वहाँकै बासस्थानमा समापन भएको उक्त कार्यक्रममा बरिष्ठ गजलकार मनु ब्राजाकी, बरिष्ठ गायिका मीरा राणाज्यु तथा लगभग ३५ जना साहित्यप्रेमीहरूको उपस्थिति थियो । जसमा श्याम श्रेष्ठ, शान्ति श्रेष्ठ, राजेन्द्र सिग्देल, दीपक बस्नेत, गंगा श्रेष्ठ, प्रमिला बस्नेत जगत राजकुमार केसी, शान्ति केसी, नम्रता पोख्रेल आदिको पनि हुनुहुन्थ्यो ।

महा-सचिव कपिलदेव सुबेदीले संचालन गर्नु भएको उक्त गोष्ठी तथा शुभकामना कार्यक्रममा आचार्य प्रभाको स्वागत मन्तब्यबाट शुरु भएको थियो ।

रचना बाचन् गर्नुहुनेहरूमा मनु ब्राजाकी, भुपेन्द्र महत, धिरेन्द्र लिम्बु, ज्ञानेन्द्र गदाल, पदम विश्वकर्मा, कमला विश्वकर्मा, दामोदर लुइँटेल, समिक्षा लुइँटेल, आचार्य प्रभा, सरगम गदाल, भिष्म प्रधान, रमिता तुलाधार, कपिलदेव सुवेदी हुनुहुन्थ्यो ।
त्यसैगरी हिसियामा हामीनको अङ्रेजी कविता दीप्ती आचार्यले बाचन गरेर सुनाउनु भएको थियो सोही अवसरमा गायक मनोज तुलाधर मीठो गीत गाउँनु भएर सबैलाई मन्त्रमुग्ध बनाउनु भएको थियो । त्यसै गरी गायिका मीरा राणाज्युले बडो जोसका साथ महिला अध्यक्षलाई अझ उत्प्रेरित गर्नको निम्ति राष्ट्रिय गीत “बनेको छ पहराले यो छाती मेरो……., म झुक्दै नझुक्ने नेपालकी छोरी” गाएर महिलाबर्गलाई निक्कै जोशिलो बनाउनु हुँदै अध्यक्ष आचार्य प्रभालाई अझ जोश, जाँगर, हौशलाले काम गर्न अनुरोध गर्दै शुभकामना मन्तब्य दिनु भएको थियो ।

कार्यक्रमको दोश्रो भागमा भु.पु केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र गदालज्युलाई भारतको दिल्लीबाट डा. अम्बेडकर ब्रदर हुड् पुरस्कारबाट सम्मानित हुनुभएको अवसरमा खादा ओढाइे फूलको गुच्छा र उपहार प्रदान गर्दै आचार्य प्रभाले शुभकामना दिनु भएको थियो । उक्त पुरस्कारको बारेमा कोलोराडो च्यापटरका भु.पु उपाध्यक्ष केशब आचार्यले चर्चा गर्नु भएको थियो जुन पुरस्कार बिगतमा नेल्सन मण्डेलाले पनि प्राप्त गर्नु भएको थियो ।

कार्यक्रमको शिलशिलामा अध्यक्ष आचार्य प्रभाले केही पुस्तकहरू कोलोराडो साहित्य संगमको लाइब्रेरीमा राख्नको निम्ति उपाध्यक्ष राजु सिटौलालाई हस्तान्तरण गर्नु भएको थियो ।

सधैं झैँ बी.आर.टी. नेपालका शैलेश पोख्रेलज्युले तस्बिर लिइेदिनु भएर कोलोराडो च्याप्टरलाई अनुग्रिहित बनाउनु भएको थियो ।

कार्यक्रमको अन्त्यमा रात्री भोजको पनि ब्यवस्था गरिएको थियो ।

यसरी २०१३/१४ को अनेसास कोलोराडो च्यापटरको प्रथम साहित्य संगम कार्यक्रमको शुरुवात सफलतापुर्वक सम्पन्न भएको थियो ।

प्राप्ति शर्मा
डेन्भर/ कोलोराडो
डिसेम्बर ३१, २०१२

Leave a Reply

Your email address will not be published. Required fields are marked *