Skip to content


चरित्रको ठुलो झ्यांगबाट
अनुशासनका केही मुनाहरू टिपेर
पराकाष्ठाको ठुलो नांग्लोमा राखी
कानूनको प्रचण्ड घाममा सुकाएँ
इच्छाहरू माडेर धुलो बनाई
असन्तुष्टिको साफी लगाएँ
अनि बाँकिरहेका नैतिकतालाई पनि
केलाई केलाई फालेँ
निराशाको ठुलो चिलिममा राखेर
आशाहरू सल्काए अनि
एक सर्को ताने
सफलताको धूवाँ उडाएँ ।

http://www.anuj-pathak.blogspot.com/2012/12/blog-post.html

मझेरीमा पहिलो पटक प्रकाशित – 2013-01-02 08:33:48 +0545

Leave a Reply

Your email address will not be published. Required fields are marked *