ऊसँगको नाता
खै कस्तो नाता
केलाएर र्हेछु
न त रगतको
न त भावनाको
न त इष्ट
न त व्यापार
न त सिद्धान्त
न त कुटुम्ब
न त जन्माएको
न त मितेरी
न त छिमेकी
न त कलमको
शायद कुनै भावनाले नछोएको होला
छ त एउटा मानवताको
मात्र मानवताको
न कुनै छलकपट
न कुनै स्वार्थ
एउटा अवोध बालक झै छ
निस्कलंक, निष्पाप, निश्चल
सम्झन्छु आकाश भनौ
धर्ती भनौ या हावा भनौ
या सागर भनौ
उसलाई के उपनाम दिऊँ?
