Skip to content

मनोज ढुंगानाको युवा कथासंग्रह “म र काठमाडौ” विमोचित

  • by


हेटौडामा भएको नेपाल जेसिसको ३९ औ राष्ट्रिय महाधिबेशनमा हेटौडाका युवा मनोज ढुंगानाद्वारा लिखित युवा कथा संग्रह “म र काठमाडौ” नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष सिनेटर तेजशंकर भट्टज्यूले एक समारोहकाबिच विमोचन गर्नु भयो ।

युवा मनका ढुकढुकीहरूलाई समेटिएको युवाहरूको कथा भएकोले देशभरका युवाहरूको जमघटको अवसर पारेर बिमोचन गरिएको हो । हरेक युवाले पढ्नु पर्ने कथा नेपालभरका युवाहरूको पहुच पुर्याउने उदेश्यले यो महाधिबेशनको अवसर पारिएको हो ।

कथाकार मातृभूमि साहित्य समाज हेटौडाका कोषाध्यक्ष, नेपाल स्रस्टा समाजका सदस्य, वी पी आलोक अध्ययन मन्चका सह-सचिव, हेटौडा जेसिसका सदस्य तथा हेटौडा बजार लायन्स क्लबका संस्थापक अध्यक्ष पनि हुन् ।

नयाँ वर्ष २०१३ को अवसर परेर एक महिनाका लागि २० प्रतिशत छुटमा हेटौडा बजारमा बिक्रीमा ल्याईकोछ ।

पुस्तक प्रकाशन हेटौडा बजार लायन्स क्लबले गरेको छ र यसको बिक्रि बाट प्राप्त धनरासी बिपन्न समुदायका लागि खर्चिने पुस्तकमा घोषणा गरिएको छ ।

लायन गितानाथ ढुंगाना
जन सम्पर्क अधिकारी
२०१२-२०१३
हेटौडा बजार लायन्स क्लब

Leave a Reply

Your email address will not be published. Required fields are marked *