Skip to content

मैले बाटो बिराएछु


मैले बाटो बिराएछु तिमीले साथ छोडेपछि
आँफैलाई भुलिदिएछु तिमीले नाता तोडेपछि

नसाभित्र रम्ने रहर कहिल्यै पनि नभए नि
खै कैले के के बोले तिमीले मुख फोडेपछि
आँफैलाई भुलिदिएछु तिमीले नाता तोडेपछि

समुद्र झै आसुँ बगाई कहिल्यै रुने मन नहुँदा
अत्तालिएर आत्तिएछु तिमीले मन मोडेपछि
आँफैलाई भुलिदिएछु तिमीले नाता तोडेपछि

तिमी नै हौ जिन्दगी सधैं साथ दिन्छु वन्थे
युगौ युग सगै बाच्ने तिमीले बाचान तोडेपछि
मैले बाटो बिराएछु तिमीले साथ छोडेपछि
आँफैलाई भुलिदिएछु तिमीले नाता तोडेपछि

निरोगी

1 thought on “मैले बाटो बिराएछु”

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *