खोजी हेर देशको माटो, पारि किनार पुग्यो कि ?
छोई हेर छेउफेरो, पराई पाउ पर्यो कि ?
ढलपल कतै पनि, नहोस् जङ्गेपिलर
जसै छन् अविचल, अग्ला हिमशिखर
गनी हेर खब्बाती, कहीँ कुनै हरायो कि ?
छोई हेर छेउफेरो, पराई पाउ पर्यो कि ?
स्वाधीनताको साँध हाम्रो, पुर्खाको शान
सिमाना हो सार्वभौम, नेपालीको प्राण
छामी हेर मुटुलाई, रगत पो सेलायो कि ?
छोई हेर छेउफेरो, पराई पाउ पर्यो कि ?
ओखलढुङ्गा
मधुपर्क २०६९ बैशाख
