तिमी बिनाको जिन्दगी के जिउनु छ र साथी
तिमीले साथ नदिए एक्लै के पिउनु छ र साथी
धुजा धुजा भै च्यात्तिएको भित्रैदेखिको यो मन
तिमीले सियो धागो नदिए कसरी सिउनु छ र साथी
तिमीले साथ नदिए एक्लै के पिउनु छ र साथी
मनभरिका भावनाहरु कुन्ठिएर बसेको बेला
तिमीसँग नसाटेर अरु कोसँग साट्नु छ र साथी
तिमीले साथ नदिए एक्लै के पिउनु छ र साथी
एका तिर तिमी नबसे, अर्का तिर माझि बनेर
बिना यात्री डुंगा किन खियाउनु छ र साथी
तिमीले साथ नदिए एक्लै के पिउनु छ र साथी
निरोगी

feedback
khai k vanau ra
keep it up
ajha mehanat garda jhan ramro hunxa