Skip to content

तिम्रौ प्यारमा मदहोशी भएँ

  • by


तिम्रौ प्यारमा मदहोशी भएँ ।
पीर चिन्ताले म रोगी भएँ ।

घरबार त्यागे तिम्रौ निम्ति
केही नभएको म जोगी भएँ ।

समाजबाट पुरस्कृत हैन
अपहेलित भै म दोषी भएँ ।

तिम्रौ संगत परेर मलाई
सबै पिउने म भोगी भएँ ।

पिउनुनै जिउनु रहेछ लाग्यो
पिउँदा पिउँदा म वेहोशी भएँ ।

सनम गोले
दामन, मकावनपुर
हाल – मलेशिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *