हिड्न आँट्यौ खुट्टा कमाएर आज ।
बैरीलाई देश थमाएर आज ।
गर्ने केही हैन फुर्ति लगाउँछौं
नेता बनी धाकै जमाएर आज ।
लाज सरम छैन् धुम्तो ओढी हिड
बज्दा हातमा चुरा रमाएर आज ।
सोझा साझा मारी देश खाली पारी
लुट्न लायौं खल्ती छमाएर आज ।
सत्य सत्य बोल किन झुटो बोल्छौं
तुलसी र तामा त्यो समाएर आज ।।……..दर्पण
