Skip to content


कोही भन्छन माया गुलियो हुन्छ
कोही देख्छन माया अमिलो हुन्छ
आ-आफ्नै सुर हो कि माया
कहिले चकिलो, कहिले फित्तलो हुन्छ !

माया आफ्नै परिबेश हो कि ? जे सोच्यो त्यहीं हुन्छ
कहिले हाँसोले रुन्छ, कहिले आँशुले धुन्छ

माया बैगुनी नै हो ! मुटु चुँडेर लान्छ
कहिले माया मुटु, छोडेरै जान्छ !

समाएर मुट्ठीमा बस्दैन माया
लज्जाएर आँखामा, झुक्दैन माया
नजिक टाढा, त्यो कतै, देख्दैन् माया
छाती र ढुक्ढुकीमै, बसेको हुन्छ माया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *