हाम्रो समाजमा रहेका त्यस्ता मान्छे छाँट नारी
दुर्गाको रुप लिएर, अब रगत चाट नारी
कहीँ कतै जादै गर्दा कसैलाई भेट्दा होस्
कु-दृष्टि लगाउनेलाई, पहिले नै झाँट नारी
आफू पीडित छौ भने नबस भित्र लुकाएर
गुनेगार उभ्याउन, आफ्नो समस्या साट नारी
देशमा कानुन भ्ए नि निसाफ मिल्न गाह्रो छ
घटियाको घाँटी कस्न, बलियो डोरी बाट नारी
अन्याय गर्नु भन्दा सहनु महापाप हो नि
बलात्कारीको सजाय, त्यसको अंग काट नारी
