Skip to content


तिम्रो आँखाको सागरमा लहर लहर दौडिरहेछ
त्यही लहरमाझमा मेरो सपना पौडिरहेछ
यो सपनालाई तिमी किनार समाउन देऊ

कति तृष्णा छन् यहाँ प्यासमा डुबेका
कति नदी तिम्रो गहिराइमा डुबेका
त्यही गहिराइमा कति आँधी चल्छ
हरेक वर्षाइमा तिमीभित्र डर्छ
मेरो मायालाई गहिराइ तर्न देऊ
मेरो ढुकढुकी तिमीभित्र सर्न देऊ

कति नाउ छन यहाँ धारमा बसेका
कति जिन्दगी भुमरीमा पसेका
गन ए आशमा कति दीप बल्छ
हरेक साँझ हरेक दिन सागरभित्र ढल्छ
मेरो दीप एउटा तिमी बल्न देऊ
मेरो नाउ एउटा लहरमा चल्न देऊ

शब्द – यादव खरेल
स्वर – प्रकाश श्रेष्ठ, आसा भोंसले
संगीत – सम्भुजित बासकोटा
चलचित्र – चेलीबेटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *