व्यथा भरिएको बस्तीबाट एउटा कथा कोरिरहेछु
बाँचेको छ भन्छन् सबै तर पलपल मरिरहेछु ।।
हाँस्नलाई त हाँसेकै छु मुटु छिया छिया भए पनि
बाँच्नलाई त बाँचेकै छु जिउँदो लाश भए पनि
जिउनु के हो मर्नु के हो पत्थरलाई सोधिरहेछु
बाँचेको छ भन्छन् सबै तर पलपल मरिरहेछु ।।
आफू हराई अर्कैलाई खोजिहिंड्ने कथा जस्तो
लुकाएर राख्दा पनि छचल्किने व्यथा कस्तो
कथाभित्रको व्यथा बनेर आगो विना जलिरहेछु
बाँचेको छ भन्छन् सबै तर पलपल मरिरहेछु ।।