Skip to content

दुनियाँको रिस तिम्ले मैं माथि पोख्यौं

CIMG1272

दुनियाँको रिस तिम्ले मैं माथि पोख्यौं
भाऊ लाई माया हाम्रो तराजुमै जोख्यौं ।

माग मात्र ज्यान यो तिम्लाई दिन्छु भन्थ्यौं
खुसी छु म तिमी संगै भन्दै लुटपुटिन्थ्यौं
झुटो माया जताएर कसम शिरमा बोक्यौं ।
भाऊ लाई माया हाम्रो तराजुमै जोख्यौं ।

तिम्लाई ठेस लाग्दा छाती चर्किएर दुख्छ
तिम्रो मनमा पिडा हुदाँ धड्कन मेरो रुक्छ
यस्तो माया गर्ने मुटु चल्दा चल्दै रोक्यौं ।
भाऊ लाई माया हाम्रो तराजुमै जोख्यौं ।

दुनियाँको रिस तिम्ले मैं माथि पोख्यौं
भाऊ लाई माया हाम्रो तराजुमै जोख्यौं ।।…..दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *