१.
म वेइमान
दुखाए मुटु साह्रै
दिल दिएर
खसाउन्न यो आँशु
निष्ठुरीको यादमा ।
२.
आँखा चिम्लदै
विश्वास सम्हालेथे
घातले टुट्यो
पुनःनफर्कियोस
अप्सोच वटुलेछु ।
३.
कैदी जीवन
कहिले सम्म बाँच्ने
र्निदोष मान्छे
दासी जीन्दगी हैन
स्वतन्त्र त्यो आकाश ।
