
त्यो इसारा प्रीतको, वा बहाना ओँठको ?
भो नहेँरु माकुरी*, त्यो खजाना ओँठको ॥
मस्त थिएँ मै पनि, धाक धेरै भो तिम्रो
त्यो उमेर्मै पी सकेँ, यो जमाना ओँठको ॥
होस गुम्दा मातमा, रात बित्दा लाज भो
बात** भेँटे कानुनी, त्यै ठेगाना ओँठको ॥
जाल चिनि बाँच है, पाप ठानी भाग है
कैद लामो हुन्छ है, जेल ठाना ओँठको ॥
(सुत्र २१२२ २१२२ १२२२ १२)
_____________________________
*माकुरीले बिहे पछाडी श्रीमान खान्छ रे ।
** बात = जेल, दन्ड कानुनी भाषामा ।
