Skip to content

बर्बाद भएँ म हेर


बर्बाद भएँ म हेर तिम्रो मायाको खेलमा
डुबिसकेछु म त आफ्नै आँसुको भेलमा

धनसँग मन साट्ने, तिम्रो कालो नियत रहेछ
मेरो मनको चोखो प्रित, तिम्रो लागि खेल भएछ
बर्बाद भएँ म हेर तिम्रो झेलको खेलमा
डुबिसकेछु म त आफ्नै आँसुको भेलमा

छेपारो झैँ रङ्ग फेर्ने, तिम्रो स्वार्थी मन रहेछ
मेरो मायाको विशाल महल, तिम्रो लागि कम भएछ
बर्बाद भएँ म हेर तिम्रो स्वार्थको खेलमा
डुबिसकेछु म त आफ्नै आँसुको भेलमा

सिसा झैँ फुटिजाने, तिम्रो कच्चा वाचा रहेछ
मेरो समर्पणको सुन्दर पल, तिम्रा लागि बकवास भएछ
बर्बाद भएँ म हेर तिम्रो बकवासको खेलमा
डुबिसकेछु म त आफ्नै आँसुको भेलमा

जितेन्द्र तुलाधर
बुंगमती, ललितपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *