Skip to content


यात्रामा तिमी सँगको भेट
परिचय, परिचयपछिको गन्थन
गन्थनपछि मन्थन
मन्थनपछि निरन्तर बग्नु
निरन्तर बगाईपछिको आत्मीयता
विश्वसनीयता, गोपनीयता
मलाई लाग्यो तिमी सबै ठाँउ
गन्तव्य चुम्ने यात्री अनि
गोरेटो, पानी पधेरा, घरआगन, टोल
छिमेक, गाँउ बस्ती, नगर, शहर हुदै
तिमी शब्दमा भावना, चिन्तन
देश, काल, परिस्थिति हेरी, बुझी
संगीतमा सा, रे, ग, म, प, ध, नि, सा सुर भर्छौ
आफ्नो स्वरमा मिठास कोइलीको झै
गीतका शब्द शब्दमा भाव
आफ्नो पहिचान बनाउन पाईला चाली
केहि गरौ भन्ने भावना पाली
आस्थाका साथ अठोट गर्यौ
कायम राख्न पहिचान
कार्यान्वयन गर्न सर्कौं
भनी प्रार्थना गर्यौ
सारा भ्रम त्यागी
अनि लागी पर्यौ
मुर्त रुप दिन
आफुले देखेका सपना
साकार पार्न
अग्रीम शुभ कामना छ
शुभ कार्यको अनि
सफलताको तिमीलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *