जिन्दावाद र मूर्दावाद घन्काउँछौ कहिलेसम्म ?
लेख्छौं बिधान भोली भन्दै थन्काउँछौ कहिलेसम्म ?
देखाउँछौ दिवास्वप्न निमूखा ती जनतालाई
गरिबको मनमा आगो दन्काउँछौ कहिलेसम्म ?
ज्यानै दिए देशका निम्ति सारा सुख सयल त्यागी
शहिदका लासमा झिंगा भन्काउँछौ कहिलेसम्म ?
लाज पचेका लबस्तरा लाँउछन् दोष अर्कैमाथि
जिम्मेवारी बिर्सिई आँङ तन्काउँछौ कहिलेसम्म ?
उठ्छन् पिडित एकजुट भई अत्याचारले सिमा नाघे
आक्रोशित जनतालाई सन्काउँछौ कहिलेसम्म ?
