Skip to content

बसन्तमा पलुवाहरू


बसन्तमा पलुवाहरू नमार है साँहिला
प्रीतिका फूलहरू अन्तै नसार है साँहिला

घुम्फिर गर्न गए पनि दिलबारीको बगैचामा
नफक्रन्दै कोपिलाहरू नझार है साँहिला

देवी देवता भाकी कसम खाको भूली फेरि
पग्लिन्ने मनलाई अझै नखार है साँहिला

पुग्नुछ सफलतालाई चुम्न दोमन भई
पहिलाहरू यता उता नफार है साँहिला

समयको कारागारमा आसुँ पिई हाँस्नु पर्दा
यात्रा कठिन भए पनि नहार है साँहिला

रेखा

1 thought on “बसन्तमा पलुवाहरू”

  1. रङ्ग भर्छु
    बषन्तको पालुवामा रङ्ग भर्छु है साइली
    बिरुवा ती प्रितीका म गोड्मेल् गर्छु है साइली

    कोपिलाती मुटु भित्र साजाएर राख्न साना
    बगैचामा म बसाइ आफै सर्छु है साइली

    कैले पनि भुल्ने छैन हलेसिको कसम छ
    त्यो कसम भुले भने आँफै मर्छु है साइली

    जस्तो कठिन् यात्रा पनि हासी हासी गर्न भनि
    तिम्रो साथ पाउदा म दाङ्ग पर्छु है साइली

    यो प्रेमको सफलता चुम्न सधैं अगी बढ्दा
    ठुलै जंघार् नडराई आफै तर्छु है साइली

    प्रेम प्र भट्टराई
    बुइपा ८ खोटाङ
    हाल दोहा कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *