Skip to content

सिरुपाते खुकुरी थ्यो टल्काएर हेरे
बीरताको गाथा फेरी झल्काएर हेरे||

घैला भित्र पानी थियो परेवा थ्यो प्यासी
आधा थियो पानी त्यँहा ढल्काएर हेरे||

दश बर्षे जनयुद्द रोकिएको बेला
आँखा भरी आँशु रैछ छल्काएर हेरे||

हत्या हिम्सा सँधै लाई बन्द गरौ भन्दै
मैले पनि शान्ती दिप सल्काएर हेरे||

संबिधान लेख भनी कुर्सी माथि राखी
सिनो लुछ्ने गिध्दहरु पल्काएर हेरे||

जीतु खड्का गाउले
मोरङ उर्लाबारी
हाल साउदी अरब

Leave a Reply

Your email address will not be published. Required fields are marked *