एउटा,
दुखेको सपना
विक्षिप्त अनुहार , मलिन कान्ति
नशा नशामा बगेका उर्जाहिन तरलता
म भोग्दैछु अन्र्तसंघर्ष
अनि
हार पनि मेरै जीत पनि मेरै
आशु पनि मेरै गीत पनि मेरै
र
प्रत्येक निमेषमा आफ्नै असफलता निल्दैछु
थाहा छैन किन सफल भएको ढोगं गर्दैछु ?
त्यो सुनसान रातमा हरेस खाइ हिडदा
आफ्नै छायाले पनि छाडेथ्यो
फेरी सबैले भने सपना त राती पो देख्नु
मैले भने हैन दिउसो देख्नुपर्छ किन भने उ होशमै हुन्छ
र सपना पुरा गर्ने सामथ्र्य राख्छ ।
अनि म दिउसो सपना देख्नेमा पर्छु
त्यसैले त मेरो सपना दुखेको छ ।
र मेरो सपना छ
अभाव भन्ने कुराको अभाव
समानताका रेखाहरु जताततै
सबैको मुहारमा उज्यालो कान्ति
र सबै एक आपसमा मिलेका ।
तर
आजपनि मेरो सपना दुखेको छ ।
