Skip to content

डराउँछौ पानीमा के गर्छौ कुन्नि !


डराउँछौ पानीमा के गर्छौ कुन्नि !
नसमाई हात यी के तर्छौ कुन्नि !

गहिरो छ बीचमा डुब्न नि सक्छौ
माझधार नबुझी के चर्छौ कुन्नि !

सुस्वभाव ठाडो छ प्यासी छु भन्यौ
ननिहुरी कुवामा के भर्छौ कुन्नि !

हरियाली भर्नु छ किनारा तरी
सुके त्यो गाभामै के सर्छौ कुन्नि!

एउटै थ्यो भरोसा नछोई काँप्यौ
प्रेमबीज पोखिए के छर्छौ कुन्नि

Leave a Reply

Your email address will not be published. Required fields are marked *