मैले सोचे–“घाम नडुबेसम्म रात पर्दैन ।”
अब मैले रातको नभै घाम डुब्ने समयको प्रतीक्षा गर्नु पर्नेछ । किन आज समय यस्तो बिस्तारै गइरहेको छ ? अरु बेला त दिन र रातको कुनै पत्तै हुँदैनथ्यो । आखिर आज मलाई के भइरहेछ । के म प्रेममा त परिन ! धत् नचाहिने कुराहरू किन आइरहेको होला मनमा ।
सोच्ने कुराहरू धेरै थिए–“जस्तै कि त्यस्तो सुनसान रातमा एक्लै आइमाई त्यस्तो अध्यारोबाट किन हिड्नु परेको, अरुले जेसुकै गरोस् मैले चाहि किन उसैलाई पछ्याउनु परेको ? मैले उसलाई चिनेको छु र ! उनी किन त्यति सुन्दर छे, अनि किन रातको त्यो अन्धकारमा पनि मेरो सामुन्नेबाट हिडिरहन उनलाई अलिकति पनि डर लागेन, झन मसँगै टाँसिएर कसरी हिड्न सकेकी ? कस्तो लोग्ने मान्छेको डर नभएको आइमाई ! लोग्ने मान्छेहरूको के विश्वास गर्न सकिन्छ र ! जथाभावि भई दिएको भए ?” त्यस्तो सुनसान रात अनि बाटोमा कसैको भर हुन्छ र ! त्यस बेला मैले मात्र केही नसोचेको हो र । हुन त कुन चाँही हो बेला मैले उसको हात पनि समाएकै हुँ । तर उनीबाट न कुनै रोकतोक न कुनै प्रतिक्रिया । झन् उसैले पो मेरो दुबै हात समाति अगाडी बढी रहेकी । धन्य म भित्रको मानिस ममा धेरै धैर्यता ब्याप्त थियो । त्यो पनि एउटा घटनाको कारणले जब मैले आफ्नो सम्पूर्ण एक महिनाको तलव गुमाएको थिएँ । यिनै कुराहरू घुम्दाघुम्दै मेरो दिमागमा लालसा र सचेतना एकै पटक आइरहेको थियो । लालसा यो थियो कि यस युवतीलाई पूर्ण रुपमा भोग्न पाऊँ अनि सचेतना चाहि यस क्षणिक रमझमले कुनै अप्रिय घटना ननिम्त्याओस् ।
“तपाईले त धेरै पिउनु भएको जस्तो छ आज ।” कति सहजताले मेरो हात समात्दै गरेकी उसले भनेकी थिई ।
म चाहि मनमनै सोच्दै थिएँ – “पिएको भनि थाहा पाएर पनि किन मसँगै हिडेकी होली । कस्तो खालकी आइमाई हो यो ।”
मेरो घरनजिक आइसकेपछि उसले फेरी भनि – “भोलि पनि यसरी नै हिँडेर आउँने है ?” मैले हुन्छ भने । म ढोका घ्याच्च खोलेर भित्र पसे । अनि खल्तीबाट साँचो निकालेर ब्यागभित्र राख्दा बल्ल त्यो युवतीलाई सम्झन्छु अनि बाहिर हेर्छु, त्यो युवती त्यहाँ हुदिन ।
“के हेर्नु भएको ” – बाहिरबाट आवाज आउँछ । मैले को हो भनेर सोध्छु ?
“आफ्नो बुढीलाई पनि बिर्सनु भो कि के हो ? धेरै नपिउनु भनेको मान्नुहुन्न ।”
त्यसपछि म चुप लाग्छु, अनि अघि भर्खर मैले साँचो खोलेको रक्सिको मात ठान्छु । खै कुन क्षण भुसुक्कै निदाएछु । विहान घरमा बुढी देख्दिन अनि पो सम्झन्छु । बुढी त अस्ति नै माइत गएकी । त्यस वखत पो सोच्छु –“त्यसो भए राति आफ्नो बुढीलाई चिन्नुभएन भनेर भन्ने को ? ”
अफिसमा त्यस युवतीसँग भेटेको कुरा साथिसँग भन्छु । उसले भन्न थाल्छ – “पक्कै पनि हिजो राति तिमीलाई किचकन्नीले छलेछ । नत्रभने त्यस्तो राति को महिला तिमिसँग हात समाएर हिँड्छ । त्यस्तै केटी भए तिम्रो पैसाहरू हराउनु पर्ने, त्यस्तो पनि छैन । होस गर है ! हुनत यस्तो कुरामा तिमी किन विश्वास गर्छौ ?”
उसको यस्तो कुरा सुन्दा अब म सोच्न थालेको छु । मैले पहिले पहिले सुनेझै यो केटी कहीँ किचकन्नी त हैन ? विस्तारै आफ्नो वसमा पारेर सुकाएर मार्छन भन्ने मैले सुनेको हुँ । चरित्रहीन केटी भए त पैसाहरू चोरी हुन सक्थ्यो । फेरी त्यसवखत म फितान पनि त थिएँ, अब भने मेरो जीउ धक्क फुल्न थाल्छ । अनि कसैले भनेको सम्झन्नछु, – ”किचकन्नीहरूको कुुर्कुचा पछाडी फर्किएको हुन्छ ।”
आज म त्यही कुरा विश्वस्त पार्न त्यहीँ ठाउँमा जाँदै छु । कसैको आगमनले म झसंग हुन्छु । अरे रात नै नपरी यो केटी त मेरै घरमा आइपुगी । अब उसको खुट्टा हेर्छु ठिकै छ । अब उसलाई म तलदेखि माथिसम्म हेरी रहन्छु ।
“के तालको मान्छे हो तपाई? किन टोलाई रहेको, आज त दिउसै देखि पानी चढाइराख्नु भएको छ कि के हो ? आफ्नो बुढीलाई पनि चिन्नु भएन कि क्या हो ? कस्तो मान्छे होला ।”
उसको अनुहार नियालेर हेर्छु अनि बल्ल विश्वस्त हुन्छु । यो त मेरै बुढी हो ।
“किन झस्किनु भएको मलाई देखेर ? तपाई त कस्तो हुस्सु मान्छे, आज पनि हिजो जस्तै हिडेर आउने भन्या होइन ? म माइतमा तपाईलाई कुर्दाकुर्दै । मलाई लिन आउनु पर्दैन । फेरी हिजो त रक्सीको सुरमा भनेको होला भनेर फोन गर्छु फोनै उठ्दैन । म नै यहीँ आउनु पर्यो ।”
अब सवै कुरा छर्लङ्ग भएको थियो । हिजोको केटी , किचकन्नी र मेरो श्रीमती एउटै अस्तित्व वोकेको मानिस । पिएको मान्छेलाई एक्लै छोड्नु हुदैँन भनेर हात समातेर डोराउदै ल्याउने आफ्नै बुढीलाई केके कल्पना गर्ने र आफू होसमा नहुने अनि नभएको कुरामा विश्वास गर्ने आफ्नो सोचाई प्रति आफैमाथि हाँसो उठ्न थालेको छ ममा । धत् लोग्ने मान्छेको जात कतिसम्म छाडा हुन सक्छ !

Raamro laagyo tapaai ko
Raamro laagyo tapaai ko story…
thanks for ur comment
Raamro bhanera housala badhai diyeko ma Deep Raj Sharma ji lai dherai dherai dhanyabaad
Ramro cha,keep it up PHi..
Ramro cha,keep it up PHi..
phi! kahile bihe gareu ni?
phi! kahile bihe gareu ni?
Harip cha phi! Waiting for
Harip cha phi! Waiting for more..