Skip to content

नसालु त्यो हेराइको


नसालु त्यो हेराइको मातै मीठो छ
सुनु-सुनु लाइर’ने वातै मीठो छ

विष पनि पिदिन्छु दियौ भने त
के भनु म तिम्रो त हातै मीठो छ

विहानी नै नआए हुन्थ्यो भन्छु म
तिमी साथै हुँदा त रातै मीठो छ

तिखा-तिखा काँडाले घेरे पनि त
थुङ्गा-थुङ्गा डालीमा पातै मीठो छ

बाहिर यो छट्पटी जति बढे नि
दिलभित्र मायाको खातै मीठो छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *