Skip to content

दुई मुक्तक (प्रणय दिवश विशेष)


(१)
तिम्रो मायाको छहारीमा पार्यौ मलाई शितल
नसालु आँखाले तिम्रो मार्यौ मलाई शितल
कल्लकलाउँदो जोवन सुम्पी मेरै भर परी,
नौनी जस्तै पगालेर खार्यौ मलाई शितल

(२)
आँखा जुधाई बोलाछु, कसरी भनु म
अर्थ सोध्यौ टोलाछु, कसरी भनु म
सुटुक्कै तिम्लाई मैले, तन मन सुम्पी
मनमा माया घोलाछु, कसरी भनु म ……दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *