निस्पट्ट अँध्यारो,
कहिल्यै उज्यालो नहुने
कहालीलाग्दो रात
जीर्ण, थोत्रो
धमिरा लागेको
भत्किन लागेको यो महललाई
कति टालटुल गर्छौ
कति टेका लगाउँछौ
यो धरतीमा
मिर्मिरे उज्यालो छाइसकेकेा छ
सूर्य उदाउनै लागेको छ
ऊ हेर
मान्छेहरूको भीड
यतै आउँदैछ
भो अब बल नगर
अब तिमीले थाम्न सक्दैनौ
जनताको यो
अजेय शक्तिलाई
आउ सबै मिलेर
अब अन्तिम धक्का दिनुपर्छ
अनि यो भग्नावशेषलाई
हटाउँदै, सफा गर्दै
नयाँ, सुन्दर घर बनाउने
सहिदहरूको सपनालाई
साकार पार्नुपर्छ
होशियार!
अझै ढुक्क हुने बेला छैन
पाइला पाइलामा
खतराहरू छन्
तिनको पहिचान गर्दै अगाडि बढौं
परास्त गरौं, सम्पूर्ण सत्रुहरूलाई
सहिद नबनाउँ
सहिदका सपनाहरूलाई !!
मधुपर्क पुष, २०६५
