Skip to content

आसुँ पिउदा नुनिलो भो
तर माया अलिनो भो
टाढा टाढा जति भए नि
चोट दिने चाहिँ गुनिलो भो

मनैभरि साँचेको माया
आसुँबिना नै नुनिलो भो
हृदयलाई छिया छिया पार्ने
हतियार झै वचन धारिलो भो

आकाशमा टहटह झुल्किने तारा
आँगनको डिल्मा चम्किलो भो
सागरको संग्लो पानी पनि
गहिराइमा पुगेपछि निलो भो

निरोगी

Leave a Reply

Your email address will not be published. Required fields are marked *