१)
जाँदै थिएँ बाइकमा माइक्रोबसबाटै हाई भनी,
जाउन घुम्न बाइकमा भन्दा हतारमा छु नाई भनी,
गर्न थाली मोबाईलमा गफ दिनहुँ माया प्रेमको,
प्रेम प्रस्ताब राख्न नपाई तपाई त मेरो दाइ भनी ।
copyright @ मोहन बिहानी ,भक्तिपुर-७ सर्लाही
२)
सुसिलेर बोलाएको हिजो जस्तो लाग्छ,
मलाई हेरी टोलाएको हिजो जस्तो लाग्छ
दुई ज्यान एक हुदै तातिएको हाम्रो बदन,
अकस्मात् सेलाएको हिजो जस्तो लाग्छ ।
copyright @ मोहन बिहानी, भक्तिपुर-७ सर्लाही
http://mohanbihani.blogspot.com/
