१)
अबिरल भई आशुहरू पानी बन्न थाल्यो आजकल
अलि अलि पिउथे पहिले, बानी बन्न थाल्यो आजकल
बिछोडको मुटु बोकी तस्बिर सामु बसेपछि
नखानी यो मान्छे पनि खानी बन्न थाल्यो आजकल
२)
डिउटीमा रही हतासमा हुँदा
जहाँजासँग ऊ बतास म हुँदा
मेरै घरको माथि आउँदा हेर्दी होली मलाई
सधै सधै ऊ आकासमा हुँदा .
अरुण पौडेल
गुन्जनगर-४ न्यू लाईन
