Skip to content

रुम्लि रहेछ मन

मन मुर्दा भयछ
जागेछु,निंदबाट
हरायको मन्स्थितिबाट
जीवनका उन्मादहरु बाट !
म आँफै हराउन खोजेछु
आफ्नै चाहत बाट
मन सङ असरल्ल
बिबेच्य बस्तुहरु ,
मन भरी सङ्लियर बसेछ
आस्थाहरु मुटुमा निर्बिकल्प जकडियर अडेछ?
कतै फुकाउँ भन्छु ,
गाँठाहरु
झन झन् कसियर अनन्तमा पछारियर
अकल्पिनिय भयर रुन्छ मन ,
तन रुन्छ
रुनु मेरा मन्का ,आबस्यकता हुन की
बुझन् नसकेर छरियको हो कि मन
कसियको हो कि मन !
भाबुकतामा ,रुनु हास्नु
यो दुर्भेद्य मन
पग्लि रहेछ
र बग्न खोजिरहेछ
खोल्सा
पोखरी
नदि र कुलोमा
पर्खन न सकेर, समुद्र !
अगाधता
र अनन्ता
मन बाँधियको छ ,
तन बाँधियको छ
बाँधियर समग्रता
भाव बाँधियको छ !
स्रिजनाका लहरहरु ,टाङियर
भाव शुन्य
मन शुन्य, र
चेतन् शुन्य भै रहेछ
बिकल्प हरुको खोजिमा ,
मनहरु
तरङित क्षण को ,खोजिमा,रुम्लि रहेछन् !

रुम्लि रहेछन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *