Skip to content

ऋतुहरुमा तिमी

  • by


ऋतुहरुमा तिमी हरियाली बसन्त हौ
नदीहरुमा तिमी पवित्र गंगा हौ

निर्दोष छन् ती तिम्रा हत्केलाहरु
तर मायाले भरिएका छन् औंलाहरु
पवित्र छन् तिम्रा लाजका गहना
तर चाहानाले भिजेका छन् ओंठहरु
हावाहरुमा तिमी सितल पवन हौ
नदीहरुमा तिमी हो पवित्र गंगा हौ

प्रकृतिले मलाई जन्म दिएकी
तिम्रो सिउँदोमा सिंन्दुर भर्न
सरस्वतीले कलम थमाएकी
तिम्रो सुन्दरताको सँधै बयान गर्न
फूलहरुमा तिमी कोमल गुलाब हौ
नदीहरुमा तिमी हो पवित्र गंगा हौ

शब्द – राजेन्द्र रिजाल
स्वर – अरुण थापा
संगीत – राम थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *